डिलप्रसाद शर्मा
सुर्खेत, ४ पुष ।
वीउ उत्पादनमा सुर्खेत जिल्लालाई आत्मनिर्भर बनाउन एक सहकारी जुटेको छ । कल्याण–४ को समृद्धि कृषि सहकारी संस्था उन्नत जातको वीउ उत्पादनमा जुटेको हो । सहकारी संस्थाले गत आर्थिक बर्षमा मात्रै १७ क्वीन्टल उन्नत जातको मकै वीउ विक्रि गरेको जनाइएको छ । सहकारी संस्थाको छैटौं बार्षिक साधारणसभाका अवसरमा शनिबार उक्त जानकारी गराइएको हो । सहकारीका अध्यक्ष देवबहादुर रानाले सहकारीले मकैको वीउ उत्पादन, प्रशोधन, ग्रेडिङ, विक्रि सहितको काम गर्दै आएको बताए । सहकारीले जिल्लालाई मकै र गहुँको उन्नत वीउ उत्पादनमा आत्मनिर्भर गराउने लक्ष्ये लिइएको समेत अध्यक्ष रानाले जानकारी दिए । सहकारीले उत्पादन गरेको गहुँ र मकैको वीउ सुर्खेत सहित यस क्षेत्रका ३९ बढी जिल्लाबाट माग आएको जनाइएको छ । वीउ उत्पादन मार्फत कृषि क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै राष्ट्रपति सम्मान तथा अन्य विभिन्न क्षेत्रीय स्तरका सम्मापनहरु सहकारीले प्राप्त गरेको छ । सहकारीका अध्यक्ष देव रानाको सभापतित्व तथा जिल्ला सहकारी संघका अध्यक्ष अमृतबहादुर विसीको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो । सभामा संस्थाको आर्थिक तथा प्रगति प्रतिवेदन पेश गरिएको थियो । सोही अवसरमा जेष्ठ नागरिक, बाल बचत, वीउ उत्पादन गर्ने कृषकहरुलाई समेत सम्मान गरिएको थियो ।
Dec 19, 2015
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment