Search This Blog

Dec 21, 2015

सुर्खेतमा पनि अटो रिक्साको आधिकारीक डिलर


डिलप्रसाद शर्मा
सुर्खेत, ६ पुस ।

भारतमा बनेको ई–रिक्साको आधिकारीक विक्री सुर्खेतमा पनि शुुरु भएको छ । हालसम्म चाईनिज ई –रिक्साको विक्री भैरहेकोमा आईतबारदेखी भारतमा बनेको आर आर ब्राण्डको ई –रेक्साको आधिकारीक रुपमा विक्रि वितरण थालिएको हो । सुर्खेतका लागी जुम्लारोडमा चाइनापुल नजिक रहेको आशिष टेडिङ्गले अबदेखी यो रिक्साको विक्री गर्ने बताएको छ । यहि पुस मसान्तसम्म रिक्सा बुकिंङ्ग गर्नेलाई विशेष छुटको व्यवस्था रहेको समेत जनाईएको छ । पेटोलको विकल्पमा व्याट्रिबाट चल्ने अटो रिक्साको देशैभरी माग बढिरहेका बेला सुर्खेतमा पनि आधिकारीक रुपमा विक्री गर्न लागिएको डिलरका सञ्चालक कृष्ण आचार्यले बताए । वीरेन्द्रनगर लगायत जिल्लाको उकालो ओरालोमा पनि चल्न सक्ने ई रिक्सा भारतमा बनेकोले अन्य सुविधाहरु पनि भरपर्दो भएको सञ्चालक आचार्यले जानकारी दिए । हाल रिक्सामा जडान गरिएको व्याट्रिले एकपटक चार्ज गरेमा १ सय २० किलोमिटरसम्म दौडन सक्ने आधिकारीक विक्रेता आचार्यको भनाई छ । ६ महिनासम्म रिक्साको व्याटि, चार्जर, टायर, कन्ट्रोलर र च्येसीस विग्रीएमा फिर्ता गरेर नयाँ जडान गर्नेसम्मको सहुलियत भएको कम्पनिको दावी छ ।

0 comments:

Post a Comment