Search This Blog

Dec 18, 2015

हचुवाका भरमा घोषणाको तयारी


खुल्ला दिशा मुक्त घोषणा, जिल्लावासीलाई जिस्क्याउने मेलो

सुर्खेत, ३ पुस ।
जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने अन्तिम तयारी गरिए पनि यस्तो अवस्थामा खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्नु जिल्लाबासीलाई जिस्काउने मेलो जस्तो भएको छ । आवश्यक पूर्वाधारको विकास गरेर मात्र खुला दिशा मुक्त क्षेत्र घोषणा गरिनुपर्ने भएपनि हचुवाको भरमा प्रचार मात्र गरि कागजी रुपमा सबै क्षेत्रमा शौचालय बनेको रिपोर्ट बनाउदा जिल्लाका नागरिक झन् पीडित बनेका छन् । यहि मंसिर १४ गते जिल्लालाई खुल्ला दिशा मुक्त घोषणा गर्न सरोकारवाला निकाय यतिबेला कम्मर कसेर लागेका छन् । क्षेत्रीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति (आरवास–सीसी) ले अनुुगमन गरि घोषणाका लागि अनुमति दिइसकेको छ । गत बैशाख १ गते नै जिल्लालाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्ने मिति तोकिए पनि प्राविधिक कारण देखाउदै पटक–पटक मिति     सारिएको हो । घोषणाको मिति र प्रमुख अतिथि कसलाई बनाउने भन्ने तिर मात्रै ध्यान दिइरहेका सरोकारवालाहरु यसपटक तोकिएको मितिमा जसरी पनि घोषणा गर्ने बताउँछन् । तर, जिल्लाबासीको पहुँच शौचालयमा पुगेको छ या छैन भन्ने तर्फ भने कसैको ध्यान गएको देखिदैन । वीरेन्द्रनगरको बसपार्क जस्तो भिडभाड र चहलपहल हुने सार्वजनिक स्थानमा समेत एउटा पनि शौचालय नहुँदा यात्रुहरु खुल्ला ठाउँमा शौच गर्न बाध्य छन् । काँक्रेविहार यातायातका एक कर्मचारीले भने –बसपार्कमा शौचालय नहुँदा यात्रुहरुले सास्ती खेप्नु परेको छ, उनले थपे– यात्रुहरु शौचालय छैन भन्दै सोध्छन् हामीलाई समेत शौचालय छैन भन्न असजिलो लाग्छ ।’ आफ्नो नगर क्षेत्रमा एउटा नागरिकले दिशा पिसाब गर्न कहाँ जानु पर्ने हो, कुन ठाउँमा उसले प्राकृतिजन्य सुविधा पाउने अधिकार राख्दछ भन्नेसम्म नगरभित्रकै नागरिकलाई थाहा छैन । जिल्लाका अन्य स्थानहरुमा कति सार्वजनिक शौचालय छन् र कतिले लाभ लिएका छन् भन्नेबारे सरोकारवाला निकाय अनविज्ञ छन् ।
नगर र गाविस सबै तिर यो अभियानको जोडतोडले घोषणा गरियोे । झट्ट हेर्दा यस्तो राम्रो कार्यक्रमको कसैले पनि विरोध गर्नु वा सरसफाईको कुरामा अन्यथा भन्नु सुहाउने कुरा होइन । घोषणा हुने तर, शौचालय र सरसफाइको अवस्था उस्तै हुनुले अभियानको प्रभावकारीतामा प्रश्न उठ्ने गरेको छ । प्रशस्त सार्वजनिक शौचालयहरू नबनाई खुल्ला दिसामुक्त घोषणा गर्दा नगरभित्रकै कतिपय स्थानमा लाजमर्दो अबस्था छ । खुल्ला दिशा मुक्त भैसकेका जिल्लाका कतिपय गाविसमा सरकारले तोकेको मापदण्ड अझै पुरा हुन नसकेको पाइएको छ । सरसफाईमा नागरिक अग्रसरता र शौचालय निमार्ण नै अहिले प्रमुख चुनौतीका रुपमा रहेको सरोकारवालाहरु बताउँछन् । यता क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालयले भने घोषणाको मिति तय भैसक्दासम्म जिल्लामा बनेका र बन्न बाँकि रहेका शौचालयको तथ्याङक संकलन अझै बाँकि रहेको बताएको छ ।

के हो खुल्ला दिशा मुक्त अवस्था ?

खुला दिशा भन्नाले खुला ठाउँमा दिसा गर्ने र त्यसलाई त्यसै छोडिदिने अवस्थालाई जनाउँदछ । खुला दिशा मुक्त भन्नाले खुला रुपमा दिसा नगर्ने अवस्थालाई बुझिन्छ । दिशामा झिंगा पस्न नसक्ने गरी खाल्डोमा ढकन लगाइएको अवस्थाले खुला दिशा मुक्त जनाउँछ । तर, ढकन नभएको खाल्डोमा दिसा संकलन गरे पनि त्यस अवस्थाले खुला दिशायुक्त अवस्था जनाउँछ । कुनै तोकिएको स्थानलाई खुला दिशा मुक्त भनी घोषणा गर्नका लागि यस्ता आधारहरु चाहिन्छन् । जस्तै ः तोकिएको क्षेत्रमा कुनै पनि समयमा खुल्ला दिसा नदेखिनु, सुधारिएको सरसफाइ चर्पी सुविधामा सबै घरधुरीको पहुँच हुनुको साथै ती सुविधाहरुको पूर्ण सदुपयोग, संचालन र मर्मत संभार भइरहेको हुनुपर्छ । त्यस्तै तोकिएको क्षेत्रमा अवस्थित सबै सार्वजनिक संघसंस्थाहरु जस्तै विद्यालय, कार्यालयहरु आदिमा चर्पी सुविधा उपलब्ध हुनु, यसका अतिरिक्त खुला दिसा मुक्त घोषणा प्रक्रियाका चरणमा सबै घरधुरीमा साबुन र साबुन राख्ने बट्टा सहितको हातधुने स्थानको उपलब्धता र तोकिएको क्षेत्रमा पशुजन्य फोहोर, ठोस र तरल फोहर मैलाको व्यवस्थापन लगायत वातावरणीय  सरसफाइ कायम रहेको हुनु पदर्छ ।

शिक्षाको घुस प्रकरणप्रति आयोग गम्भिर ः डाँगी

सुर्खेतमा बिद्यालय भवन निर्माण गर्दा जिल्ला शिक्षा कार्यालयका कर्मचारीले घुस खाएको समाचारप्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोग मध्यश्चिमाञ्चल क्षेत्रीय कार्यालयले गम्भिरता पूर्वक लिएको आयोग क्षेत्रीय कार्यालय सुर्खेतका प्रवक्ता जंगबहादुर डाँगीले बताएका छन् । यस बिषयमा सबै स्रोत परिचालन गरि अनुसन्धान थालिसकेका छौ, प्रवक्ता डाँगीले भने । आर्थिक बर्ष २०७०र०७१ मा सुर्खेत जिल्लाका सामुदायिक बिद्यालयहरुमा निर्माण भएका बिद्यालय भवन र शौचालयहरुबाट जिल्ला शिक्षा कार्यालय सुर्खेतका प्राबिधिकहरुले अनुगमन खर्चका नाममा प्रति आयोजना ५ देखि १५ प्रतिशतसम्म रकम कमिशन खाएको, तोकिएको पसलबाट निर्माण सामाग्रि खरिद गर्न दबाब दिएको र सदरमुकाममै बसेर बिद्यालय भवन निर्माण सम्पन्न भएको प्रतिवेदन तयार पारेको करतुत खोज पत्रकारिता केन्द्रले केहि समय पहिले सार्वजनिक गरेको थियो । यस बिषयमा जिल्ला शिक्षा कार्यालय सुर्खेत मार्फत जानकारी माग गर्ने काम भइसकेको र अपुग बिषयमा थप अनुसन्धान भईरहेको डाँगीको भनाई छ । घुस प्रकरण अनुसन्धानकै क्रममा रहेकाले सबै कुरा अहिल्यै भन्न नमिल्ने भन्दै आयोगका क्षेत्रीय निमित्त प्रमुख समेत रहेका डाँगीले यो सम्बन्धि अनुसन्धानलाई प्रभावकारी र पारदर्शि बनाउन अनुसन्धान कार्यमा सहयोग पु¥याउन सरोकारवाला सबैलाई आग्रह समेत गरेका छन् ।

0 comments:

Post a Comment