‘हिउँदे जाडो कसरी काट्ने ?’
डिलप्रसाद शर्मा
सुर्खेत, ६ पुस ।
महिला प्रशिक्षण केन्द्रमा रहेको वाढी प्रभावित । |
पुसे जाडो त्यसै त थुर थुर कमाउँछ । त्रिपाल मुनिको बसाई त्यो पनि पाल च्यातियर ठाउँ ठाउँमा ठुलठुला भुवाङ छन् । बैरी रात किन आउदो हो । दिन त जसोजतो गुजरा चल्छ । पुस भर्खरै शुरु भो । माघको जाडोमा झन् के होला ?
वीरेन्द्रनगरको महिला प्रशिक्षण केन्द्रको बाढीप्रभावित शिविरमा बस्दै आएकाहरुको आवाज हो यो । शिविरमा बस्दै आएकी मनरुपा थापामगर सोमबार मध्यान्न यस्तै भन्दैथिइन् ।
शिविरमा बस्दै आएकाहरुले दैनिक गुजराका लागि अन्य समस्या त झेलेका छन् नै यति बेला उनीहरुले जाडोको सामना पनि गर्नु परेको छ । डेढ वर्ष पुग्न लाग्दा समेत पालको ओत फेरिएको छैन । छाक जुटाउने चिन्ता टर्नु त उनीहरुका लागि टाढा कै कुरा । सरकारले पुनःस्थापनाको लागि उचित पहल नगर्दा जिल्लाका बाढी तथा पहिरो प्रभावितको दैनिकी कष्टकर बन्दै छ । बाढीले लखेटिएको १८ महिना बित्दा पनि सरकारले उनीहरूलाई उचित राहत र पुनःस्थापनाको व्यवस्था गर्न सकेको छैन् ।
‘जति दिन बढ्दै छन्, बाँच्न उति गाह्रो हुँदै छ’ भन्छन् महिला प्रशिक्षण केन्द्रका विस्थापितहरु । पेटभरी खाना जुटाउनै उनीहरूलाई हम्मे छ । पाल टाँगेर बसेका पीडितलाई बढ्दो जाडोसँगै चिसोले सताउन थालिसकेको छ । बसाइको गतिलो व्यवस्था नहुँदा विस्थापित शिविरमा स्वास्थ्य समस्या देखिन थालेका छन् । सरकारले पुनःस्थापनाका लागि ५० हजार रुपैँया दिए पनि त्यति रकमले पुर्नवास गर्न नसकिने भन्दै अधिकाशं विस्थापितहरुले रकम बुझ्न मानेका छैनन । तर, राज्यले पुर्नवास योजनामा रकम बढाउलाकी भनने आशा भने उनीहरुले मारेका छैनन । महिलना प्रशिक्षण केन्द्रको शिविरमा बस्दै आएका झन्डै एक सय परिवार सरकारले दिएको रकम लिएर शिविर छाडिसकेका छन् । मनरुपा थापा मगर भन्छिन् –‘अझै पनि सरकारले गतिलो बास देला भन्ने आस मरेको छैन् ।’ पुनःस्थापना बापत पाएको राहत रकमले घर जग्गा किन्न नपुगे पछि शिविरमा बस्न बाँध्य भएको उनले बताइन । गत वर्ष साउन २९ गते आएको बाढीले इत्राम खोला नजिक रहेको घर बगाएको थियो । मनरुपाका सात जना परिवार प्रशिक्षण केन्द्रको शिविरमा बस्दै आएका छन् । विहानपख सुतेको ओछ्यान पालबाट चुहिएको शीतले पूरै भिजेको हुन्छ । उनले भनिन्–‘शितले भिजेका कपडा विहान घाम लागेपछि सुकाउछौं, साझँ ओछ्याउछौं ।’ उनले थपिन्–‘पालबाट रातभर चुहिएको शीत अब बाँचिदैन कि जस्तो लाग्छ ।’ परिवारका सदस्यलाई ओढ्न र ओछ्याउनका लागि कपडा नभएको उनले वताइन् । चिसोका कारण शिविरमा बस्ने केटाकेटी र बूढाबूढीलाई धेरै समस्या पारेको प्रभावितहरुको गुनासो छ ।
त्रिपालको वास छोडेर धेरैजसो पिडितहरु सामान्य टहरा तथा कोठा भाडामा लिएर वसोवास गर्न थालेको भएपनि उनीहरुले जाडोलाई थेग्नसक्ने वसोवासको प्रबन्ध गर्न सकेका छैनन् । दलबहादुर थापा मगरका परिवारले यस्तै मध्येका हुन् । ‘ऋण ल्याएर घर बनाउन नसक्दा आफ्ना जाहान केटाकेटी भाडाको एउटा कोठामा दुखेजिलो गरि बसेका छन् । सुत्ने ठाउँ नहुँदा म त शिविरमै बस्छु ।’ उनले भने । त्रिपालमा बस्नुपर्दाको बाध्यता सुनाउँदै उनले भने– ‘गतिलो वास नभएर दिन कटाउनै मुस्किल भइसक्यो । उनले थपे,–‘एक त पुसको चिसो, त्यसैमा त्रिपाल, त्यो पनि ठाउँठाउँमा च्यातिएको, न ढोका,न झ्याल, न आगो वाल्नलाई दाउरा, नत न्यानो कपडा नै, अब भन्नुस् हामी कसरी वाँच्ने ।’ सरकारले गतिलो बास दिए बाँचिएला नत्र मर्नुबाहेक उपाय छैन्, चिसो बढ्दै छ, केटाकटी विरामी भएर सताएका छन् ।’ शित चुहिने त्रिपाल मुनि बस्नुपर्दा दैनिकी निकै असहज भएको उनले वताए । उनलाई यो हिउँदको चिसो कसरी काट्ने भन्ने चिन्ता छ । उनले भने–‘ हाम्रो यत्तो दुःख पनि कसैले देख्दैन, शुरुमा सरकारले सहयोग गर्छ भन्नेहरु धेरै आउँथे तर, अहिलेसम्म पाएका छैनौं, खै कहाँ छ सरकार ? वाढीले घरविहिन वाढी पिडितको दिनचर्या साढे एक वर्ष पुगी सक्दा पनि उस्तै कष्टकर ।’
चिसोका कारण शिविरका वाल वालिकालाई रुघाखोकी, मासी पर्ने, आँखा सुन्निनेलगायतका समस्या देखिने गरेको छ । मनरुपा र दलबहादुर जस्ता ४२ घरपरिवार केन्द्रकै त्रिपालको बासमा छन् । विस्थापितहरुका लागि पुर्नवास कार्यक्रम अन्तर्गत एक सय ४० घरपरिवारकालाई नेपाल रेडक्रस सोसाइटीले र ४९ घरपरिवारका लागि नवज्योती केन्द्रको समन्वयमा पुनःस्थापना गरिएको छ भने, ८ सय ३२ घरपरिवारका लागि नेपाल सरकार सँग सिपारिश गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले दिएको जानकारी अनुसार जिल्लाका एक हजार २१ घरपरिवारलाई पुर्नवासका लागि सिपारिस गरिएको छ । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका अनुसार आ.व. ०७१÷७२ पुर्नवासका लागि ४ करोड ५० लाख रकम मध्ये ४ सय घरपरिवारलाई ५० हजारका दरले र १ सय ५० घरपरिवारलाई २५ हजारका दरले दुई करोड ६२ लाख वितरण गरिएको छ । निवेदन कम आएका कारण एक करोड ८८ लाख रकम फ्रिज भएको कार्यालयका शाखा अधिकृत मणिराम खरालले वताए । उनका अनुसार यस आवमा पुर्नवासका लागि १५ लाख रकम निकासा भएको छ ।

0 comments:
Post a Comment