Search This Blog

Dec 18, 2015

खानेपानी, सरसफाई तथा अधिकार तालिम

डिलप्रसाद शर्मा
सुर्खेत, ३ पुस ।
गाविस सचिव तथा खानेपानी, सरसफाई उपभोक्ता समितिहरुलाई दुई दिने खानेपानी, सरसफाई तथा अधिकार तालिम वीरेन्द्रनगरमा शुरु भएको छ । तालिम खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल जिल्ला शाखा सुर्खेतको आयोजनामा शुरु भएको हो । तालिमको पहिलो दिन शुक्रबार खानेपानी सरसफाई अधिकार, अन्तराष्ट्रिय प्रावधान र नेपालमा भएको व्यवस्था, खानेपानी र स्वच्छताको क्षेत्रमा सुशासन, मानव अधिकारका आधारभुत अवधारणा र खानेपानी र सरसफाईको अधिकार लगायतका विषयमा छलफल भएको खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल जिल्ला शाखा सुर्खेतका सचिव रत्नबहादुर बुढाले जानकारी दिए । यस्तै तालिमको दोस्रो दिन खानेपानी तथा सरसफाईमा अधिकारमुखी अवधारणा तथा गरिब तथा सिमान्तकृत र पछाडी पारिएका समुदायको खानेपानी तथा सरसफाई अधिकार, खानपानी तथा सरसफाईमा बजेट पैरवी १४ चरणको योजना तर्जुमा र भूमिका, राष्ट्रिय तथा जिल्लाको खानेपानी सरसफाईको अवस्था तथा खानेपानी तथा सरसफाई अधिकार सुनिश्चितताका लागि भुमिका लगायतका विविध विषयहरुमा छलफल हुने बुढाले जानकारी दिए । तालिम खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल जिल्ला शाखा सुर्खेतका अध्यक्ष मानबहादुर खत्रीको अध्यक्षतामा सुरु भएको हो ।

0 comments:

Post a Comment