Search This Blog

Dec 24, 2015

सरोकारवाल निकायबाट अनुगमन


कमल शर्मा
दैलेख, ९ पुस ।
केड सुर्खेत र महिला सशक्तिकरण मञ्च दैलखको साझेदारीमा संचालीत महिला प्रजन््न अधिकार कार्यक्रम संचालन भएका रुम , कटि , लाकुरी बेलपटा , चौराठा , सल्लेरी बिन्ध्याबासीनी भवानी गाबिसहरुमा संचालीत महिला प्रजन्न अधिकार कार्यक्रमको जिल्ला स्तरिय सरोकारवाला निकाय बाट अनुगमन गरिएको छ । अनुगमन टोलीले बिन्धयाबासीनी गाबिसको रैना देबी माबि टाटामाखुमा संचालन भएको किशोर किशोरी यौन तथा प्रजन्न  स्वास्थ्य मेलाको अवोलाकन संगै गाबिस स्तरिय प्रजन्न अधिकार मञ्च छात्रा सहयोग पाएका किशोर किशो्री दौतारी समुह , शिक्षक र बिद्यालय ब्यबस्थापन समिति स्वास्थ्य चौकीमा पाठेघर जाँच गर्ने तथाङ्कको अबस्थाका , छात्रा सहयोग पाएका अभिभावक संग घरभेट,र करेसा बारी तरकारीको अबस्था  पाठेघर पिडित महिला संग भेट, गर्भवती र सुत्केरी महिलाको घर भेट आमा समुह संग छलफल गरेको छ । अनुगमनमा जिल्ला बिकास समिति , जिल्ला स्वास्थ्य कार्यालय , जिल्ला शिक्षा , पत्रकार महिला तथा बालबालीका कार्यालय , केड सर्खुेतको टीमले अनुगमन गरेको थियो ।  अनुगमनमा गएको टोलीले महिला प्रजन्न अधिकार कार्यक्रमले स्थानीय स्तरमा महिलाका सवाल लाई सशक्तिकरणको माध्यम बाट स्वास्थ्य चौकी सम्म जान सक्ने क्षमता र उनीहरुको सवाल लाई गाउँ बिकास समितिमा समाबेश गरी कार्यक्रम संचालन गरको प्रति धन्यबाद दिएका थिए । साथै यस्ता कार्यक्रम जिल्लाका अन्य गाबिसमा समेत कार्यक्रम बिस्तार गर्नु पर्ने बताएका थिए ।  कार्यक्रम संचालन पश्चात बिपन्न परिवारका किशोरी , पाठेघर खसेका महिला दलित ,अपाङ्ग जनजाती दन्द पीडित र आमा बाबु नभएका पिडित बालीकाहरुले कार्यक्रम बाट माबि स्तर सम्म शिक्षा लिन पाएकोमा जिल्ला स्तरिय अनुगमन टोलीले सस्थालाई धन्यबाद दिएका थिए ।
ू(शर्मा राजधानि दैनिक दैलेख जिल्ला सम्वादाता हुन् )

0 comments:

Post a Comment