Search This Blog

Dec 24, 2015

हुम्लामा आगलागी, एकै घरमा रहेका चारको मृत्यु

डिलप्रसाद शर्मा
९ पुस, हुम्ला ।


हुम्लामा भएको आगलागीमा परी चार जनाको मृत्यु भएको छ । हुम्लाको श्रीमष्ठा एक पीपलाङमा सडक निर्माण गर्ने कामदार बसेको घरमा आगलागी हुँदा चार जनाको जलेर मृत्यु भएको हो । आगलागीमा परेर कालिकोटको लालु गाविसका जया मिजार, नयाँ सुनार, मानबहादुर विक र गगन सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीमा परी अन्य सात जना घाइते भएका छन् । घाइतेहरु पनि सबै कालीकोटकै रहेका छन् । घाइते हुनेहरुमा जसबहादुर सुनार, गोविन्द सुनार, लोकबहादुर सुनार, गोविन्द सुनार, रमेश सार्की र लोग सुनार रहेको प्रहरीले जनाएको छ । घाइते सबैको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । घाइतेको थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा र्पुयाउन काठमाडौंबाट हेलिकोप्टर झिकाइएको र हेलिकोप्टर काठमाडौंबाट उडिसकेको छ । मृतकको शवलाई पनि बिहीबार नै कालिकोट पठाउने तयारी भइरहेको छ । बाटो खन्न कालीकोटबाट आएका कामदारले श्रीमष्ठा एकमा बनाएको खरको सानो झुप्रोमा राति एक्कासी आगो लागेको थियो ।


0 comments:

Post a Comment