गर्भवती र विरामी प्रभावित
डिलप्रसाद शर्मादैलेख, १३ पुस ।
![]() |
फोटो: गुगलबाट साभार गरिएको हो । |
दैलेखको पुर्वी रुम गाविसमा स्टचर हुदाँ विरामीलाई उपचारका लागि स्वास्थ्य सम्म ल्याउन समस्या हुने गरेको छ । स्टेचरको अभाव हुदाँ गाविसमा गर्भवती, विरामी बृद्धबृद्धाहरु प्रभावित भएका छन् । गाविसमा निर्माण गरिएको सडक गाडी गुड्न लायक नभएका वेला स्वास्थ्य सम्म पु¥याउनका लागि प्रयोग गरिदै आएकोे स्टेचर नहुदाँ विरामीहरुले समयमा उपचार पाउन सकेका छैनन् ।
बिरामी ओसारपसारका लागि भरपर्दाे साधन बनेको स्टेचरको करिव १ वर्ष देखि अभाव भएको छ । जसका कारण गर्भवती, सुत्केरी र बृद्धबृद्धाहरुलाई अस्पताल पु¥याउन कठिनाई हुने गरेको स्थानियहरुको गुनासो छ । प्रत्येक वडामा रहेका स्वास्थ्य स्वयमसेबीकाहरुलाई एक÷एक वटा स्टेचर दिइएको भएपनि स्टेचर भाचिदाँ र हराउदाँ यस्तो समस्या आएको हो । स्टेचरको अभाव भएपछि गाबिसका बीरामीलाई बोकेरै उपस्वाथ्य चौकी सम्म पु¥याउनुपर्ने बाध्यता छ । गाविसमा उपस्वास्थ्य चौकी भए पनि त्यहाँसम्म बिरामी पु¥याउन आवश्यक स्टे«चर नहुँदा डोको, डोला र पिठ्युमा बिरामी बोक्नुपर्ने बाध्यता रहेको स्थानय गगनसरा शर्माले बताइन् । उप स्वाथ्य चौकीमा उपचार हुन नसक्ने बिरामीहरुलाई बेस्तडा सम्म ल्याउनका लागि स्टे«चर नभएपछि समयमा स्वास्थ्य संस्था पु¥याउन नसकिने भएकाले पनि सहज स्वास्थ्य सेवावाट स्थानियहरु वञ्चित हुने गरेका छन् । यता, उप स्वास्थ्य चौकीले गाँउपरिषद्बाट २० हजार छुट्याएको बताएको छ ।
0 comments:
Post a Comment