Search This Blog

Dec 24, 2015

स्वास्थ्य मेला सम्पन्न

कमल शर्मा (राजधानि दैनिक)
दैलेख, ९ पुस ।
 

किशोर किशोरी यौन तथा प्रजन्न स्वास्थ्य मेला बिन्ध्याबासीनीको रैनादेबी माध्यामिक विद्यालय टाटामाखुमा सम्पन्न भएको छ । केड सुर्खेत र महिला सशक्तिकरण मञ्च दैलखको साझेदारीमा
संचालीत महिला प्रजन््न अधिकार कार्यक्रम अन्र्तगत किशोरी सशक्तिकरण कार्यक्रम  लागी किशोर किशोरी यौन तथा प्रजन्न स्वास्थ्य मेला गरिएको छ ।  उक्त मेलामा प्रजन्न स्वाथ्य सम्बन्धि ११ वटा स्टल राखी बिद्यार्थी र स्वास्थ्यकर्मी शिक्षकद्धारा सहजीकरण गरिएको थियो । स्टलमा किशोर किशोरी अबस्थामा शाररिक मानसिक सामाजीक परिबर्तन अबस्थाका पोष्टर पम्पलेट महिनावारी चक्र, पाठेघर संचित्रहरु, परिवार नियोजनका स्थायी साधन, बाल बिवाहा र बाल बिवाहाको कानुनी प्राबधान स्वप्न दोष यौन प्रस्तावमा नाई कसरी खेल  देखाएर उक्त मेला संचालन गरिएको थियो । मेलामा रैना दबी निमाबि काँडा, वडाभैरव निमाबि जुफियाका निमाबि स्तरका बिद्यार्थी र शिक्षकको सहित उपस्थिती रहको थियो । जिल्लामा पछिल्ला दिनहरुमा बाल बिवाहा बढ्दै जाने बिभिन्न तथाङ्कहरु सार्वजानीक  भएपछि बाल बिवाह न्युनिरकरण गर्नका लागी उक्त मेलाको आयोजना गरिएको महिला प्रजन्न अधिकार कार्यक्रमकी कार्यक्रम संयोजक दुर्गा खत्रीले बताइन् । मेलामा बिद्यार्थीहरुले महिनावारी हुदा प्रयोग गर्ने प्याड , प्याड घरेलु प्याड निर्माण गरी प्रगोग कसरी गर्ने भन्ने विषयमा  स्टल राखी सहजीकरण गरेका थिए ।

0 comments:

Post a Comment