सुर्खेत, ७ माघ ।
वीरेन्द्रनगर–७ शिवालय चौकमा एघार लाख ८० हजार ९ सय ११ रुपैयाँको लगानीमा सार्वजनिक शौचालय निर्माण गरिएको छ । जिल्ला खानेपानी तथा ससफाईका क्षेत्रमा काय गर्दै आएका सरकारी तथा गैर–सरकारी संघसंस्थाको लगानीमा शौचालय निर्माण गरिएको हो । जसमा क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालयले दुई लाख पचास हजार, जिल्ला विकास समिति सुर्खेतले एक लाख, वीरेन्द्रनगर नगरपालिकाले एक लाख सहयोग गरेको थियो । यस्तै, वातावरण तथा जनस्वास्थ्य संस्था –एन्फो)ले दुई लाख, उपभोक्ता समितिले ५९ हजार ५ सय २० रुपैयाँ र निजी क्षेत्रबाट ४ लाख ७१ हजार तीन सय ९१ रुपैयाँ गरी जम्मा एघार लाखमा शौचालय निर्माण गरिएको हो । यसैगरी उक्त शौचालय निर्माण गर्नका लागि सुर्खेत उपत्यका नगर विकास समितिले दुई कट्टा जग्गा सहयोग गरेको थियो भने, केपी व्यवसायीक सेवा प्रा.लीले निर्माण गरिएको शौचालयमा वायोग्यास जडानमा सहयोग गरेको थियो । उक्त सार्वजनिक शौचालयको शुक्रबार एक कार्यक्रमका माझ उद्घाटन गरिएको छ । इत्राम टोल विकास संस्थाका अध्यक्ष रुपमणी रेग्मीका अनुसार उक्त शौचालय महिला र पु्रुषका लागि छुट्टा–छुट्टै शौच गर्न मिल्ने छ । यसैगरी, नुहाउने स्थान, पिसाव संकलन केन्द्र, आठ घनमिटर बरावरको बाँयोग्यास जडान गरिएको र दुई वटा दिशा गर्ने चर्पी रहेको छन् ।
निर्माण समितिका अध्यक्ष धर्मदत्त गौतमले दिएको जानकारी अनुसार शौचालयमा प्र्रयोग गरिने पानीका लागि झुप्रा बृहत खानेपानी, सरफाई तथा उपभोक्ता समितिसँग समन्वय गरिएको छ । उनले भने–‘हामीले सार्वजनिक शौचालयमा दिसा गरेवात पाँच रुपैयाँ र पिसाव गने वापत तीन रुपैयाँ शुल्क लिने गरेका छौं । शौचालयबाट जडान गरिएको बाँयो ग्यासबाट नजिकमा रहेका व्यपारीमा दिने र निश्चत शुल्क तोकिने छ । कार्यक्रममा मध्यपश्चिमाञ्चल यातायात व्यवसाय संघका अध्यक्ष विष्णु खड्काले शौचालय निर्माण भएपछि वीरेन्द्रनगरमा ओहोरदोहोर गर्ने यात्रुहरुले शौच गर्नका लागि दुःख पाउने पर्ने स्थितिको निराकरण हुने विश्वास लिएको वताए । उनले जिल्लामा सार्वजनिक शौचालय निर्माण भएपनि विभिन्न समस्याका कारण दिर्घकाल सम्म प्रयोगमा ल्याउने गा¥हो हुने गरेको बताए । उनले शौचालयलार्य दिर्घकाल सम्म प्रयोग नल्याउन निर्माण गरेको कुनै औचित्य नहुने बताए । यस्तै, वीरेन्द्रनगर नगरपालिकाका योजना अनुगमन तथा प्रशासकिय अधिकृत प्रकाश पौड्यालले नगरपालिकालाई खुल्ला दिसा मुक्त घोषण गर्दा गरिएका प्रतिबद्धताहरु केही मात्रामा पुरा भएको बताए । उनले भने–‘नगरपालिकालाई खुदिमु गर्दा चार वटा सार्वजनिक शौचालय निर्माण गर्ने पतिबद्धता गरेका थियौं । बसपार्क नजिक निर्माण गरियो ।’ उनले थपे–‘खुल्ला मञ्चमा निर्माण भएको छ । अव च्याम्वर मार्गमा रहेको हटियाँ लाइनलाई केन्द्रित गरी शौचालय निर्माण गर्न बाँकी छ ।’ शिवालय चौकमा दैलेख–सुर्खेत गर्ने यात्रुहरुको चाँपलाई मध्येनजर गरी शौचालय निर्माण गरिएको हो ।
जिल्लालाई खुल्ला दिसा मुक्त जिल्ला घोषाण गरेको दुई महिना पुग्नै लाग्दा जिल्लामा तीन वटा सार्वजनिक शौचालय निर्माण गरिएको छ । उद्घाटन कार्यक्रममा क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालयका जीतबहादुर सारुलगायत इत्राम टोल विकास संस्था प्रमुख एवम् प्रतिनीधि, जिल्ला विकास समितिका प्रतिनीधि, वातावरण तथा जन स्वास्थ्य संस्थाका प्रतिनीधिको उपस्थिती रहेको थियो ।
0 comments:
Post a Comment