
डिलप्रसाद शर्मा
सुर्खेत, २७ माघ ।
नगर क्षेत्रका बासिन्दाहरुले जुनसुकै काम लिएर किन नहोस्, दैनिक जसो वीरेन्द्रनगर बजार आउनै पर्छ । व्यक्तिगत सवारी साधन हुनेले बाहेक अरुले बजार आउँदा हिड्नुपर्ने बाध्यता छ ।
तर, केहि महिनायता वीरेन्द्रनगरमा छोटो दुरीका लागि ‘ई–रिक्सा’ अर्थात ब्याट्रीबाट चल्ने रिक्सा सञ्चालनमा आएका छन् । सस्तो मस्तो भाडा र आरामदायी यात्रा गर्न पाइने भएपछि ई–रिक्साप्रति यात्रुहहरुको आकर्षण बढ्दो छ ।
वीरेन्द्रनगरभित्र छोटो दुरीका लागि पर्याप्त मात्रामा सार्वजनिक यायायात नहुँदा यात्रुहरुले हैरानी खेप्दै आएका बेला ई–रिक्सा संचालन भएपछि यात्रुहरुलाई राहत मिलेको छ ।
हिजो आज मन्दिर दर्शन गर्न जानेदेखि अफिस जाने कर्मचारी र स्कुल पढ्ने विद्यार्थि सबैको रोजाईको सवारी बनेको छ, ई–रिक्सा ।
‘शुरु शुरुमा त खासै यात्रु पाइएन ।’ ई–रिक्सा चालक याम आचायले सुनाए । उनले अहिले यात्रा गर्ने यात्रुहरु बढेपछि आम्दानीको राम्रो स्रोत बनेको बताए । भारतले गरेको अघोषित नाकाबन्दीका कारण इन्धन अभाव भएपछि नगरक्षेत्रमा ई–रिक्सा सञ्चालनमा आएका हुन् । इन्धनको अभाव भइरहेको समयमा जिल्लामा रिक्सा सञ्चाल भएपछि एकातिर आचार्य जस्ता धेरै बेरोजगारहरुका लागि रोजगारीको अवसर मिलेको छ, भने अर्कोतिर नगरभित्र ओहरदोहोर गर्ने यात्रुहरुलाई पनि उत्तिकै सहज भएको छ ।
दुई लाख ५० हजार मुल्य पर्ने रिक्सा किनेर आचार्यले अहिले दैनिक दुई हजारसम्म कमाई गर्ने गरेको बताए । उनले पाँचजना यात्रु बोकेर प्रतिघन्टा २० किलोमिटरसम्म रिक्सा चलाउने गरेको बताए
यस्तै, एसएलसी पास गरेर पछि पढाई छोडेका वीरेन्द्रनगर–१६ का सरल पौड्यालले रिक्सा ड्राइभिङ्गबाट आएको पैसाले सहकारीमा दैनिक बचत गर्दै आएको बताए । अहिले पौड्यालको रोजगारीको मुख्य आधार रिक्सा ड्राइभिङ्ग बनेको छ । उनले दैनिक नौं सय देखि दुई हजारसम्म कमाउन थालेका छन् । आचार्य र पौड्यालजस्तै लेखगाँउका २६ वर्षिय मनोज गौतमले पनि करिव तीन महिनादेखि वीरेन्द्रनगरमा रिक्सा चलाउँदै आएका छन् । खेती किसानीबाट घर खर्च चलाउदैँ आएका गौतम परिवारको खर्च नै रिक्सा चलाएर आएको आम्दानी भएको उनी बताउँछन् । ई–रिक्सा जिल्ला समितिका अनुसार जिल्लामा अहिले २४ वटा रिक्सा संचालनमा छन्् । उनले आफ्नो रिक्सा देखाउँदै भने–‘अहिले मेरो मुख्य आम्दानीको स्रोत रिक्सा हो, एक पटक ब्याट्री फूल चार्ज गरेपछि ८० किलोमिटरसम्म ढुक्कले यात्रुहरु बोक्छु ।’ उकालोमा हिड्दा भने ब्याट्री धेरै नटिक्ने उनले बताए । आरामदायी र सहज रुपमा ई–रिक्सा चढ्न पाएपछि यात्रु पनि खुसी हुने गरेका छन् । आचार्यले रिक्सा किनेको करिव २० दिन पुग्न लाग्यो । रिक्साबाट उनले २२ हजार रुपँैँया कमाई गरिसेकाका छन् ।
0 comments:
Post a Comment