समाचार डेक्स
सुर्खेत, १७ माघ ।
सुर्खेत जिल्लाभर माघ २४ गतेदेखि दादुरा–रुवेला विरुद्धको खोप अभियान शुरु हुने भएको छ । दादुरा र रुवेला रोगवाट बच्ने प्रमुख उपाय यस विरुद्धको खोप नै भएकाले जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्लाभर दुई चरणमा दादुरा–रुवेला खोप अभियान सञ्चालन गर्ने भएको हो । पहिलो चरणमा जिल्लाका वीरेन्द्रनगर नगरपालिका सहित २६ गाविसमा अभियान सञ्चालन गर्ने भएको छ । जसमध्ये माघ २४ गते कुनाथरी, तरगां, हरिहरपुर, उत्तरगंगा, लाटीकोइली, लेखगाँउ, गढी, लेखपराजुल, छिन्चु, रतु, गर्पण, साटाखानी, र पाम्का रहेका छन् । त्यस्तै पहिलो चरणमै अवलचिङ्ग, मटेला, रानीवास, रजेना, नेटा, दशरथपुर, गुमी, लेखफर्सा, रामघाट, कल्याण र जर्वुटामा खोप सञ्चालन हुनेछ । यस्तै, अभियानको दोस्रो चरणमा फागुन ७ गतेदेखि लगाम, बेतान, विजौरा, गुटु, छाप्रे, घाटगाँऊ, तातापानी, विद्यापुर, वावियाचौर, सालकोट, पोखरीकाडाँ, मैनतडा, र मेहेल्कुनामा खोप सञ्चा लन हुने बताइएको छ । साथै दोस्रो पोखरीकाँडा, दहचौर, मालारानी, राकम, काप्रिचौर, डाँडाखाली, खानीखोला, बजेडीचौर, आग्रीगाउँ, काफलकोट र घोरेटामा खोप सञ्चालन हुनेछ । नौ महिनादेखि पाँच वर्षसम्मका सबै वालवालिकालाई दादुरा–रुवेला विरुद्धको खोप दिइने भएकाले नजिकको खोप केन्द्रमा बालबालिका लिएर खोप लगाउन स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ । खोप केन्द्र गाविस र नगरका प्रत्येक वडामा सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ । कार्यालयका स्वास्थ्य शिक्षा अधिकृत बसन्तमान श्रेष्ठले सुर्खेतमा एक सय वालवालिका मध्ये १६ जना वालवालिकाले अझै दादुरा–रुवेला खोप लगाउनबाट बन्चित भएको बताए । उनले दादुरा र रुवेला विरुद्ध खोप बाहेक अन्य औषधीको विकल्प नभएकाले आफ्ना सबै बालबालिकाहरुलाई खोप लगाउन सबैमा आग्रह समेत गरेका छन् ।
0 comments:
Post a Comment