
लोक सेवा आयोगको तयारी गरिरहेका विद्यार्थीहरुले आइतबार वीरेन्द्रनगरमा मनोक्रान्ति अभियानका प्रणेता डा.योगी विकाशानन्दलाई सुने । विकाशानन्दको प्रवचन सुन्न हलभरि खचाखच भरिएका विद्यार्थीहरुले उनको प्रवचन मात्रै सुनेनन् पढेका कुरा लामो समयसम्म स्मरण गर्ने कला पनि सिके ।
झन्डै २ घण्टाको समयमा विकाशानन्दले सकारात्मक सोच, सफलता लागि गर्नुपर्ने काम तथा मनस्थिति र परिस्थितिकाबारे विद्यार्थीहरुलाई जानकारी गराएका थिए । विद्यार्थीहरुलाई सफल मानिसका उदारण दिदै विकाशानन्दले भने –‘अरुलाई खुसी राख्न सक्ने कला नै सफलता हो ।’ शिक्षा क्षेत्रमा कल्पनशिलतालाई महत्व नदिनु अपराध सरह भएको उनले बताए ।
विकाशानन्दले मानिसको ‘कन्सियस माइण्ड’ भन्दा ‘सब कन्सियस माइण्ड’ ५ हजार गुणा शक्तिशाली भएको बताउदै मानिसले महान, सफल र शक्तिशाली बन्न ‘सब कन्सियस माइण्ड’को प्रयोग गर्नुपर्ने सल्लाह दिए ।
उनले जीवन र संसार बदल्ने मुख्य माध्यमहरु कल्पना, आत्म सुझाव र काम भएको स्पष्ट पार्दै विद्यार्थीहरुmलाई ति तीन कुराहरुलाई दैनिक जीवनमा प्रयोग गर्न सुझाब समेत दिए । संसारमा पाँच प्रतिशत मानिस मात्रै जिवनमा सफल भएको भन्दै उनले सफलताका लागि सकारात्मक विचार हुनुपर्ने बताए ।
अरुले काम शुरु गर्नु पहिल्यै आफूले काम थाल्न सके मात्रै सफलता हात पर्ने भन्दै उनले आफुलाई बदल्दै संसार बदल्ने अभियान नै मनोक्रान्ति भएको पनि प्रष्ट पारे । जेनिथ एजुकेशन प्रमोशन र सिसने पुस्तक पसलको आयोजनामा भएको उक्त कार्यक्रममा विद्यार्थी र अन्य क्षेत्रका गरी करिब ४ सय जनाको सहभागिता थियो ।
संसारलाई बदल्नु छ, सुरु आपैंmबाट गर्नु छ भन्ने मुल नाराकासाथ नेपालका एकमात्र युवा दार्शनिक डा. योगी विकाशानन्दले मनोक्रान्ति अभियानमा रेकी, साइको साइवरनेटिक्स, माइण्ड टेक्नोलोजी, सुपरलर्निङ, मनोक्रान्ति वैज्ञानिक योग तथा ध्यान, प्राकृतिक चिकित्सा पद्धति आदिलाई समायोजन गर्दै अगाडि बढाउदै आएका छन् ।
0 comments:
Post a Comment