Search This Blog

Feb 22, 2016

स–साना लगानीमा जिवनकै नयाँ मोड, ‘यहीँ छ काम, दाम र नाम विदेशीने किन ?’


डिलप्रसाद शर्मा
सुर्खेत, १० फागुन । 

 
जाँगर चलाउने हो, भने थोरै लगानीबाट पनि धेरै गर्न सकिन्छ । दाम कमाउन, नाम राख्न र जिवनलाई नै नयाँ मोडमा लिन । त्यसको गतिलो उदाहरण बनेका छन्, वीरेन्द्रनगरका चौकहरुमा ठेला–व्यापार गर्नेहरु । 

 
वीरेन्द्रनगरका सडक छेउमा ठेला–व्यापार गर्नेहरुले आफ्नो परिश्रमबाट जीविकोपार्जन मात्र होइन्, बालबच्चाको पढाई र आफ्नो घर खर्च चलाउँदै धेरथोर बचतसमेत गर्दै आएका छन् ।
यति मात्र होइन् ठेलामा चना–चट्पटे, चिया, फलफूल, तरकारी तथा फुटपाथमा कपडा बेच्ने धेरैले परिवार पालेका मात्र छैनन् नाम र दाम दुवै कमाएका छन् ।

सानातिना  आर्थिक समस्यामा कसैसँग हात जोड्न नपर्ने, छोराछोरीको भविष्य पनि राम्रो हुने र औषधोपचारका लागिसमेत आफ्नै कमाइले पुग्ने हुँदा खुसी छन् उनीहरू ।

‘रोजगारीकै लागि विदेश जानु या कुनै कार्यालयमा जागिर खानुपर्दैन, ठेला व्यवसायी भागीरता थापाले भनिन्– ‘काम र दाम यहीँ छ । मात्र पहिचान गर्न सक्नु प¥यो ।’ उनले ठेलामा चलाएको व्यापारले जीवन राम्रोसँग चलिरहेको बताइन् । थापाले व्यवसाय थालेको ६ महिना भयो । 

उनको ठेलामा दैनिक १०÷१२ केजी स्याउ र त्यस्तै सुन्तला र अन्य फलफुलको व्यापार गर्छिन् । बिहान धेरैका आँखा नखुल्दै उनी वीरेन्द्रनगर–७ गुरुङ्ग चौकबाट घण्टाघर चौकमा पुगी आफ्नो व्यापार शुरु गर्छिन् । दैलेखबाट आउँदा उनीको परिवारमा थुपै्र आर्थिक समस्या थिए । 
जिविको पार्जनका लागि ठेला व्यापार शुरु गरे यता भने उनको परिवारलाई नै ठुलो सहयोग मिलेको छ । थापाले भनिन्–‘ सानोतिनो व्यापार भएपनि एकातिर कमाई भएको छ अर्कोतिर साहुजी पनि बन्न पाइएकै छ ।’
व्यापार गर्ने ठाउँको भाडा र महिनाभरिको खर्च कटाएर विभिन्न सहकारीमा  बचत छ उनको । उनले भनिन्– ‘घर खर्चबाट बचेको पैसा तीन वटा सहकारीमा दैनिक र मासिक बचत गर्ने गरेको छु ।’ जाँगर चलाउनेलाई कहीँ पनि भोकै मर्नु नपर्ने उनले बताइन् ।
स्वतन्त्र रूपमा सञ्चालन गर्न पाइने भएकाले अरूकोमा काम गर्नुभन्दा आफ्नै व्यवसाय सजिलो लाग्ने ठेला–व्यवसायीहरु बताउछन् ।  पछिल्लो समय सुर्खेतमा पनि कामको सम्मान गर्ने परिपाटी स्थापित हुदै गएको छ । 
यस्तै, पाँच महिनादेखि कपडाको व्यापार गर्दै आएकी कालिका कार्की पनि ४ जनाको परिवार पालेर विभिन्न सहकारीमा बचत गर्छिन् । ‘वीरेन्द्रनगरको बसाइँ, महँगी बढ्दै गएको छ, सबै कुरा किन्नुपर्छ तर पनि बिहानदेखि साँझसम्म खट्न सके राम्रौ आम्दानी हुन्छ, थापाले भनिन् । 
श्रीमानले विदेशमा दुःख गरेर कमाएकोे भन्दा आफुले थोरै लगानीमा गरेको व्यापारले श्रीमानको भन्दा राम्रो कमाइ भएको उनले बताइन् । उनले शुरुमा श्रीमानले विदेशबाट पठाएको ४५ हजारको लगानीमा ठेलामा सामान बेच्न थालेकी हुन् ।  यही व्यापारबााट आएको आम्दानीले दुई छोरीलाई वोर्डिङ्ग स्कुलमा पढाउँदै आएकी छन् । उनी रोजगारीका लागि विदेश जाने यूवायुवतिहरुलाई नेपालमा पनि थुप्रै सम्भावना भएको बताउछिँन् । 
करिव १५ वर्ष पहिले जाजरकोटको मजकोटबाट सुर्खेत पसेकी कार्की भन्छिन्–‘परिवारलाई खर्च धान्नका लागि सबैभन्दा उत्तम काम यही लाग्यो, जाँगर चलाउन सके १५/२० हजार खेलाउन विदेश गइरहनु पर्दैन् ।’ जागिरका लागि कसैलाई सिफारिस गरिरहनुभन्दा स्वाभिमानको यस्तो पेसाले सबैलाई फाइदा पु¥याउने उनले बताइन् । 

यस्तै, भीमबहादुर थापाले पनि स्थानीय घण्टाघर चौक नजिकै ठेलामा कस्मेटिक व्यापार सञ्चालन गरेको ३ वर्ष पुग्न लागेको छ । मेहनत र लगानी गरे विदेश नै कुद्नु नपर्ने उनी बताउँछन् । थापाले भने–‘कमाईकाज गर्न र पेट पाल्न विदेशीनु नै पर्दैन् । 
कामको कमी कहीँ पनि छैन, त्यसलाई पहिचान र सम्मान गर्न सके जाँगर चलाउनेलाई जहाँ पनि काम र दाम दुवै छ ।’ १७ हजारबाट पसल शुरु गरेका उनले अहिले झण्डै लाखको हाराहारीमा लगानी पु¥याइसकेका छन् । तरकारी, फेन्सी र चियानास्ता मात्र होइन ठेलामा चना–चट्पटे बेच्ने व्यापारीले पनि वीरेन्द्रनगरमा राम्रो आम्दानी गरेका छन् ।

0 comments:

Post a Comment