Search This Blog

Feb 8, 2016

सुर्खेत काँग्रेसमा संस्थापन पक्षको एकलौटी जीत, सभापतिमा रेग्मी निर्वाचित


सुर्खेत, २५ माघ ।
नेपाली काँग्रेसको सुर्खेत सभापतिमा कमलराज रेग्मी निर्वाचित भएका छन् । सोमबार सम्पन्न भएको जिल्ला अधिवेशनबाट निकटतम प्रतिद्धन्दि यज्ञबहादुर विसीलाई तीन मतको अन्तरले पराजित गर्दै रेग्मी विजयी भएका हुन्  । रेग्मी तीन सय ३१ मत ल्याएर विजयी भएका छन् भने, यज्ञबहादुर विसीले तीन सय २८ मत ल्याएर पराजित भएका छन् । यस्तै सचिवमा टोपबहादुर रावत तीन सय ३० मतले विजयी भएका छन् । रावतका निकटतम प्रतिद्धन्दी नारायणप्रसाद सापकोटाले तीन सय २३ मत ल्याएका थिए । यसैगरी कोषाध्यक्षमा अनन्त पौडेल तीन सय २५ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्धन्दी झकबहादुर डाँगी तीन सय २१ मतले पराजित भएका छन् । जिल्ला समितिको लागि संस्थापन पक्षको एकलौटी जीत भएको छ । निर्वाचन आयोगले दिएको जानकारी अनुसार ६ सय ८१ मतदाता मध्ये ६ सय ७४ मत खसेको थियो ।
सभापतिमा निर्वाचित रेग्मी जिल्ला राजनीतिमा संस्थापन पक्षको नेतृत्व गर्ने सांसद हृदयराम थानीको सबैभन्दा नजिकको विश्वास पात्र समेत भएको मानिन्छ । चुनाव जिते लगतै रेग्मीले काँक्रेविहार दैनिकसँग भने –‘पार्टीमा मैले पु¥याएको योगदानको कदर भएको छ । मैले चुनाव जित्ने मुख्य आधार नै यही हो ।’  ०४६ सालदेखि नेपाली काँग्रेसको सक्रिय राजनीतिमा होमिएमा रेग्मीले पार्र्टीले आफ्नो ईमान्दारीता, धैर्यता र लगनशिलताको कदर गरेको बताए । जिल्ला सभापतिमा विजयी रेग्मी स्वभाविक रुपमा क्षेत्र नम्बर २ का सांसद हृदयराम थानीका विश्वास पात्र हुन् । तर, उनको परिचय यत्तिमै सीमित भने छैन । क्षेत्रीय सभापति हुँदा आप्mनो क्षेत्रमा संगठन विस्तार अनि सुदृढ गर्न दिनरात खटिने व्यक्तिपनि हुन रेग्मी । कार्यकर्ता माझ स्पष्ट वक्ता र आँटे चाहेको काम तुरुन्त गर्ने गराउने खरो स्वभावका रेग्मीले हालसम्म पार्टी संगठन र कार्यकर्ताको लागि गरेको मिहिनेतको असली परीक्षणपनि भएको काँग्रेस निकटहरुले बताएका छन् ।

0 comments:

Post a Comment