सुर्खेत, २८ मंसिर ।
पत्रकारीता क्षेत्रमा आर्कषण बढे सँगै सम्वाददातालाई निरन्तर क्रियाशित बनाउने उद्देश्यले पत्रकार सञ्जाल सुर्खेत (जेनेट) सोमबार वीरेन्द्रनगरमा गठन गरिएको छ । जिल्लामा क्रियाशिल सम्वाददाताहरुको भेलाले सञ्जालको अध्यक्षमा हाम्रो नयाँ नेपाल दैनिकका सम्वाददाता यज्ञ खत्री, बरिष्ठ उपाध्यक्षमा जगरण एफएमका समाचार प्रस्तुता गोविन्द्र विश्वकर्मा (सुरज) चयन भएका छन् । त्यसैगरी, उपाध्यक्षमा जागरण एफएमका कार्यक्रम सञ्चालक टेकराज केसी, महा–सचिवमा राजेन्द्र खड्का उपमहा–सचिवमा लोकमञ्च दैनिकका सम्बाददाता सविता जिसी र कोषाध्यक्षमा तुल्सी आचार्य चयन भएका छन् । यसैगरी, सदस्यहरुमा सुर्खेत पहिचान दैनिकका सम्बाददाता मदन विश्वकर्मा, यूगआह्वान दैनिकका सम्वादाता रचना बुढा, हाम्रो अखवार दैनिकका सम्वादाता जानकी शाही, काँक्रेविहार दैनिकका सम्वाददाता डिलप्रसाद शर्मा, रेडियो सुर्खेत एफएमका सम्बाददाता पुष्प विसी, नवराज रोकाय, भेरी एफएमका सम्वादाता यूवराज पंगाली, बुलबुले एफएमका कार्यक्रम प्रस्तुता आइसिंहरोका मगर, जागरण एफएमका सम्बाददाता डिलु रावत चयन भएका छन् । पत्रकारहरुको संख्यामा बृद्धि भए पनि उनिहरुको क्षमता विकास तथा पत्रकारिता क्षेत्रमा निखार ल्याउनका लागि सञ्जाल गठन गरिएको अध्यक्ष खत्रीले बताए । उनले जिल्लाका सबै गाविसमा भएगरेका काममा पारदर्शी बनाउनका पत्रकारलाई क्रियाशिल बनाउने र क्षमता अभिबृद्धिका लागि विभिन्न तालिम, गोष्ठी, सेमिनार सञ्चालन गर्नु सञ्जालको पहिलो काम भएको बताए ।
Dec 18, 2015
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment