Search This Blog

Dec 19, 2015

बुढेउलीको सहारा बन्दै वृद्धा आश्रम

डिलप्रसाद शर्मा
सुर्खेत, ४ पुस ।
प्रशान्ति वृद्धाश्रामको १७ साधारण सभामा सहभागि वृद्धवृद्धाहरु । फेटो: डिलप्रसाद शर्मा 
सन्तानहरुले बुढेशकालमा राम्रो लालानपालन गर्लान, सुख देलान र बुढेसकालका साहरा बन्लान भन्ने आशा सबैका बाबुआमाले गरेका हुन्छन् । यस्तै आशा गरेकी थिइन् साल्कोट फलाटेकी कौशीला पाण्डेको पनि । दुई सन्तानकी आमा पाण्डे अहिले पालनपोषण गर्ने कोही नभएपछि वीरेन्द्रनगरमा रहेको प्रशान्ती वृद्धाश्रममा बसिरहकी छन् । छोरा बुढेशकालको सहारा बन्ला भनेको त, आफ्नो खुट्टामा उभिने भएपछि छोडेर बेपत्ता भयो पाण्डेले भनिन् । उमेरले ७० बर्ष नाघिसकेकी उनी अहिले बृद्धाश्रममा आएर बसेकी छिन् । उनले भनिन्– ‘धेरै भयो, छोरा बम्बै तिर गएको थियो । अहिले दैलेख आएर बसेको छ भन्छन् ।’ छोराले छोडेपछि केहि समय उनी छोरीसँगै बसिन । छोरीको विहे भएपछि उनको सहारा कोही भएन । छोराले छोडेपछि सबै आशा र भरोशा छोरीलाई मानेर बसेकी पाण्डे छोरीको विबाह भएपछि एक्लिनु परेको बताउछिन् । उनले भनिन्–‘ छोरी चेलि विहे गरेर अर्काको घर जानुपर्ने, छोरीले विबाह गरेर भारतको बम्मै तिर छ ।’ ७० वर्षिय पाण्डेका श्रीमानको मृत्यु भएको २१ बर्ष भयो । पाण्डेले भनिन् –‘आफ्ना हातपाउ चलुन्जेल र काम गर्न सकुन्जेल काम गरेर खाए, काम गर्न नसक्ने भएपछि बृद्धाश्रममा आएर बसेकी छु ।’ उनी आश्रममा आएर बसेको ६ महिना भयो । आखाँभरी आशुपार्दै उनले भनिन्– ‘छोराछोरी भएपनि आफ्नो खोजी नगरेपछि मेरा कोही छैनन् भन्ने लाग्यो अनि बुद्धाश्रममा बस्नु परेको छ ।’
यसरी आफ्ना सन्तानबाट एक्लिनु परेका मात्र नभई आफ्नै श्रीमानले अपमान गरेपछि २ वर्षदेखि वृद्धाश्रममा आश्रित छन्, ६० बर्षिय लक्ष्मी गौतम । आफ्नो शरिर अपाङ्ग भएकाले विवाह गरेको ३ वर्षमा श्रीमानबाट अपमानित भएर बस्नुपरेको गौतम बताउँछिन् । श्रीमान नै आफ्नो नभएपछि माइतीले आफुलाई अपाङ्ग भएकै कारण आश्रममा आएर बस्नुपरेको उनले बताइन् । श्रीमानले बेवास्था गरेपनि केही समयमा माइतीमा बसिन उनी ।  माइतीमा बस्दा आफ्नो–आफ्नो परिपाटीमा लागेका भाइबुहारीले आफुलाई सधै हेप्ने, गालि गर्ने र अपमान सहनुपरेको उनले बताइन् । उनले भनिन्–‘माइतीमा भाईहरु छुट्टिएर बसेका छन्, तर, कसैले पनि वास्ता गर्दैनन् ।’ यसरी आफ्नो हेरदेख र लालनपालन गर्ने कोही नभएका १३ जना बृद्धाहरुको आश्रय थलो बनेको छ, प्रशान्ती बृद्धाश्रम । बृद्धाश्रमले अहिलेसम्म करिव ८ जना वृद्धवृद्धाहरुलाई पुनःस्थापना गरिसकेको छ भने ५ जना वृृद्धवृद्धाको मृत्यु भएको केन्द्रको १७ औं वार्षिक साधारण सभामा सार्वजनिक गरिएको तथ्यांकमा उल्लेख गरिएको छ । सम्मान र श्रृद्धा अनमोल प्रतिक अवस्थाका धरोहर, हाम्रा जेष्ठ नागरिक भन्ने मुल  नाराका साथ केन्द्रले शनिवार साधारण सभा सम्पन्न भएको छ । केन्द्रका सचिव चेतबहादुर अधिकारीले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन अनुसार साप्ताहिक भजन तथा भोजन, चेतनामुलक एवम् पुनस्थापना, नियमित स्वास्थ्य जाँच एवम् निःशुल्क औषधी वितरणलगायतका कार्यक्रमहरु गर्दै आएको छ । केन्द्रका कोषाध्यक्ष चन्द्रप्रसाद सापकोटाद्धारा प्रस्तुत प्रतिवेदन अनुसार आ.व. ०७१÷७२ मा ६४ लाख ४० हजार ६ सय ८५ रुपैँया बरावरको आय–व्यय रहेको छ । यसैगरी आ.व. ०७२÷७३ का लागि ८८ लाख ६२ हजार ७ सय बराबरको अनुमानित आय–व्यय प्रस्तुत गरिएको थियो । सोही अवसरमा उत्कृष्ठ छोराबुहारीमा थानी पौड्याल र चन्द्रादेवी पौड्याललाई र असल छोरी ज्वाईमा वीरेन्द्रनगर– ८ का जमुना तिवारीका छोरीज्वाई कमला सुवेदी र रत्नप्रसाद सुवेदीलाई सम्मान गरिएको थियो ।

0 comments:

Post a Comment