Search This Blog

Dec 29, 2015

सुर्खेत २९ औं खुल्ला दिसा मुक्त जिल्ला घोषणा

dil
डिलप्रसाद शर्मा
सुर्खेत, १४ पौष ।
 
सुर्खेतलाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी जिल्लालाई देशकै २९ औं खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको हो । जिल्लाका ४० गाविस र ३ नगरपालिका गरी ७२ हजार ९ सय ३६ घर धुरीमा पक्की शौचालय र जिल्लाका १२ स्थानमा सार्वजनिक शौचालय बनेपछि खुल्ला दिशा मुक्त जिल्ला घोषणा भएको हो । घोषणा सभाका प्रमुख अथिति उप–राष्ट्रपति नन्दबहादुर पुनले सुर्खेतवासीहरुलाई खुल्ला दिसा नगर्ने प्रतिवद्धता गराउँदै जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गरेका हुन् । सो अवसरमा बोल्दै उप–राष्ट्रपति पुनले सरसफाइमा भएको उपलब्धीलाई सुर्खेतबासीले गर्व गर्नु पर्ने बताए । उनले हरेक क्षेत्रको विकास, समृद्धि र सभ्यताको लागि सरसफाइ महत्वपूर्ण भएको बताएका थिए । उप–राष्ट्रपति पुनले सम्बोधनका क्रममा जिल्लाका महत्वपूर्ण विकास आयोजनाको निमार्णको काम समयमै गर्न र बाढी पहिरो प्रभावितहरुको पुर्नवासका लागि सरकारलाई गम्भिर बन्न आग्रह समेत गरे ।
सन् २०१७ सम्ममा आधारभूत सरसफाई सुविधामा हरेक नागरिकको पहँुच पु¥याउने सरकारको राष्ट्रिय लक्ष्य अनुरुप सुर्खेतमा २०६६ सालदेखि खुल्ला दिशा मुक्त अभियान शुरु भएको थियो ।  अभियान सञ्चालनका क्रममा शौचालय निमार्ण तथा सरसफाइमा ७ करोड ५३ लाख ४० हजार ८ सय ९२ रुपैयाँ खर्च भएको बताइएको छ ।  उक्त रकम क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय, जिल्ला विकास समिति, स्याक, वातावरण सुधार समाज, सुन्दर नेपाल, एन्फो, नेपाल रेडक्रस सोसाईटी, जनसेवा संघ, किर्डाक नेपाल, महिला शक्ति निकुञ्जलगायत प्रत्येक गाविस र नगरपालिकाले अभियानमा आर्थिक सहयोग गरेका थिए । घोषणा सभालाई भव्य र सभ्य बनाउन जिल्लाका तीन बटै निर्वाचन क्षेत्रबाट झाँकी, पञ्चे बाजा र ¥याली ल्याइएको थियो । घोषणा सभामा सांसद हृदयराम थानी, सीता नेपाली, तप्तबहादुर विष्टलगायत जिल्लास्थित राजनैतिक दलका प्रमुख एवम प्रतिनिधिहरुको उपस्थिति थियो ।

0 comments:

Post a Comment