Search This Blog

Dec 19, 2015

डेढ कठ्ठा जमिनमा दैनिक एक कुण्डल तरकारी उत्पादन

रचना बुढा
सुर्खेत, ५  मंसिर ।


कडा परिश्रम र लगाव भए डेढ कठ्ठा जमिनमा दैनिक एक व्यक्तिले तरकारीबाट कति आम्दानी गर्ला ? सोच्नुहोस्त ।  दैनिक रु. पाँच सय, एक हजार वा एक हजार पाँच सय । तर, वीरेन्द्रनगरका एक महिलाले भने दैनिक दुइ हजार बढी रुपैया आम्दानी गर्दै आएकी छन् । वीरेन्द्रनगर–२० फलाटेका दिलकुमारी बुढाथोकीले डेढ कठ्ठा जमिनबाट नियमित दुइ हजार पाँच सय रुपैयाको तरकारी विक्री गर्दै आएकी छन् । ‘सुरु–सुरुमा दैनिक घरपरिवारका लागि तरकारी उत्पादन गर्थे’ कृषक बुढाथोकीले भनिन्,–‘विस्तारै व्यवसायीक रुपमा तरकारी खेतीतर्फ सोच आएपछि दैनिक आम्दानी स्तर बढ्दैछ ।’
सधै श्रीमानको आम्दानीको भर पर्ने बुढाथोकी दैनिक करिव तीन कुन्टल तरकारी वीरेन्द्रनगर बजार पठाउँदै आएकी छन् । बुढाथोकीको बारी यतिबेला फुलगोभी, बन्दा काउली लगायतका तरकारीले हरियाली बनेको छ । डेढ कठ्ठामा मनग्य धान उव्जनी नहुने भएकाले बजारकै चामल किनेर छार्क बुढाथोकीको परिवारलाई तरकारी खेतीले आत्मसन्तुष्टि दिएको छ ।

तरकारीबाट मात्र मासिक करिव ४० हजारसम्म आम्दानी गर्नेगरेको अनुभव बुढाथोकीले सुनाईन् । सामान्य परिवारकी बुढाथोकीलाई तरकारी व्यवसायले छोराछोरीको लत्ताकपडादेखि पढाई खर्च जुटाउनमा सहयोग पुगेको छ ।

बढुथोकीले उत्पादन गर्ने तरकारी वीरेन्द्रनगरमा रहेका सव्जी मण्डीमा नियमिति तरकारी पठाउने गरेकी छन् । ‘डोकोमा तरकारी बोकेर शुरु–शुरुमा बजारसम्म डुलाउथे’ कृषक वुढाथोकीले थपिन्,–‘तरकारी उत्पादनमा राम्रो हुँदै गएपछि साहुहरु तरकारी किन्न बारीमै आइपुग्छन् ।’ मौसमी तरकारी भन्दा बुढाथोकीको बारीमा बेमौसी तरकारी बढी उव्जाउन हौसिएको बताईन् । मौसम अनुसारका तरकारी जहाँ पनि पाइन्छन, बेमौसी तरकारी उत्पादन गरे माग बढी भएकाले त्यसतर्फ ध्यान दिन थालेकेको दिलकुमारीले उल्लेख गरीन् । उच्च मल्य कृषि वस्तु आयोजनाको मल, विउ लगायतका सामग्रीमा अनुदान दिदाँ तरकारी उत्पादनमा थप हौसला मिलेको बुढाथोकीको भनाई छ । सहयोग भन्दापनि मेहनत आवश्यक पर्ने भएकाले परिश्रम गरे आम्दानी गर्न बाहिर जान नपर्ने तर्क उनको छ । २०६६ सालमा फलाटेमा स्थापना भएको हरियो हिरा कृषि तथा जडिबुटी विकास सहकारी संस्थाले कृषि उपज संकलन केन्द्र समेत सञ्चालन गरेपछि यहाँका कृषकहरुलाई तरकारी उत्पादनमा हौसला जागेको छ ।
गाउँमा बुढाथोकीले राम्रो तरकारी आम्दानी गरेको देखेपछि अन्यले पनि यो पेशा अँगाल्न थालेका छन् । आयोजनाले कृषकहरुले उत्पादन गरेका तरकारीलाई बजारिकरण गर्दै आएकाले उत्पादनमा टेवा पुगेको छ ।
प्राविधिक सहयोग र विउ, मलमा अनुदान दिने भएकाले तरकारी उत्पादन गर्न सहज भएको कृषकहरुले बताएका छन् । विगतका दिनमा तरकारी उत्पादन गरेर बजारको समस्या हुने गरेको बताउने बुढाथोकीले हाल त्यो समस्या नरहेको बताइन् ।
कहिले काँही तरकारी बढी उत्पादन हुँदा बजारीकरणमा सास्ती भने रहेको उनको तर्क छ ।

0 comments:

Post a Comment