सुर्खेत जिल्लालाई यहि पुस १४ गते खुल्ला दिसामुक्त घोषणा गरिँदै छ । यसै सन्दर्भमा खुल्ला दिसा मुक्त घोषणा गर्नेबारे यहाँका राजनीतिक दलका प्रतिनिधी व्यवसायी र विद्यार्थीहरुले दिएको प्रतिक्रियाको सम्पादित अंश ।
‘घोषण गर्नु दबाब दिनु पनि हो’
गोविन्द कोइराला
कोषाध्यक्ष
नेपाली काँग्रेस जिल्ला कार्य समिति सुर्खेत
जिल्लालाई खुल्ला दिसा मुक्त घोषणा गर्नु निश्चित रुपमा सकारात्म पक्ष हो । जन स्वास्थ्य सँग मात्र सम्बन्धित नभई मानविय सभ्यता सँग पनि यो अभियान जोडिएको छ । यो घोषणाले जिल्लाको समग्र एकतालाई प्रतिविम्वित गर्दछ । घोषणाले पुर्ण रुपमा रोक्ने काम नभई सरसफाई प्रति सतर्क हुन् जनचेतना दिने छ । खुल्ला दिसा मुक्त घोषणा पहिले वडा अनि गाविस र अहिले जिल्ला हुदैँछ । यहि १४ गते हुने जिल्ला घोषणा कर्मकाण्डी रुपमा मात्र पुरा नहोस् । जो कि एक दिनको तामझमका साथ मात्र । घोषणाका लागि ठुलो रकम खर्च गरिँदै छ । घोषणा पछि पनि गाविस, नगरपालिका र जिल्लामा सरसफाई तथा खुल्ला दिसा मुक्त दिर्घकालसम्म जिवन्त राख्नका लागि अभियानलाई निरन्तरता दिए मात्र अहिले खर्च हुने रकमले सार्थकता पाउँछ । त्यसैले घोषणलाई दिगो बनाउन नसके लगानी खेर जानसक्छ । लगानी खेर नजाओस् र घोषणमा मात्र सिमित नरहोस् । घोषण गर्नु दबाब दिनु पनि हो, जसले सरोकारवालालाई होसियार बनाउँछ । घोषणा पछि निर्माण नीति निर्माण र योजना बनाउदा घोषणालाई हेक्का राखेर निर्माण गरिनु पर्छ तब मात्र दिर्घकाल सम्म टिक्छ । नगरपालिकामा सार्वजनिक शौचालय थप गर्नु पर्ने बारेमा नगरपालिकाकाले योजना तर्जुमा गर्दा ध्यान दिनुपर्छ । नगर क्षेत्रमा पक्कि घरहरु निर्माण हुन थालेदेखि चर्पि निर्माण भएका छन् । आवश्यक मात्रामा पानी नहुँदा निर्माण भएका शौचालय पनि प्रयोग विहिन बनेका छन् । यसले कता कता सार्थकता नपाउने हो कि भन्ने शंका उब्जाएको छ ।
अनुमानित खर्चको आकार ठुलो हो
मोहन बढुवाल
सचिव
नेकपा एमाले जिल्ला कार्यसमिति सुर्खेत
खुल्ला दिसा मुक्त घोषणा हुनु मानव सभ्यता सँग जोडिएको विषय हो । यति मात्र नभई मध्यपश्चिमको प्रवेशद्धार अनि संघीय प्रदेश नं. ६ को राजधानिका रुपमा चर्चामा रहेको सुर्खेतका लागि खुदिमु हुनु गौरव एवम् ऐतिहासिक कामका रुपमा लिनुपर्छ । जे जति मात्रामा तयारी भएको छ, सबै परिचालित निकायलाई उच्च सम्मान गर्नुपर्छ । घोषणाका लागि भएका सबै काम पुर्णता नभई सिकाई मात्र हो । यसलाई पुर्ण बनाउन अझै बाँकी नै छ । जिल्लामा प्रर्याप्त मात्रामा सार्वजानिक शौचालय निर्माण नहुनु व्यवस्थापन कमजोरी हो । घोषणा पछि जिल्लामा सार्वजनिक शौचालय निर्माण गर्न सबैले ध्यान दिनुपर्छ । घोषणालाई कागजमा मात्र सिमित नबनाई कार्यान्वयनमा पनि ध्यान दिन आवश्यक छ । सरसफाई र खुल्ला दिसा मुक्त घोषणा गर्नका लागि आवश्यक मापदण्ड पुरा नभएपनि घोषणा हुनुलाई चुनौतिका रुपमा लिनु पर्छ । खुदिमु घोषणाका लागि क्रियाशिल उपसमितिले पेश गरेको अनुमानित खर्चको आकार ठुलो हो । तर, यस खर्चलाई कसरी उपलब्धी मुलक बनाउने भन्ने बारेमा घोषणा पछि पनि चु्नौती बन्ने छ । घोषण गर्ने समयमा लाई कागजमा सिमित बनाई मात्रै घोषणा नगर्नु नै राम्रो हुन्छ । घोषणा पछि पनि निरन्तर अनुगमन तथा सुपरिवेक्षण गरेमात्र घोषणाले सार्थकता पाउछ । त्यसैले पछिका दिनहरुमा पनि अनुगमन गरियोस् ।
‘शौचालय अपाङ्गमैत्री हुनुपर्छ’
किमुसरा खत्री
सचिव
अपाङ्ग सशक्तिकरण केन्द्र सुर्खेत
जिल्लालाई अहिले खुल्ला दिसा मुक्त जिल्ला घोषणा गर्ने चटारो परेको छ । तर, नगरपालिका तथा गाविसमा घोषणा गर्दा सार्वजनिक शौचालयको आवश्यकता भएपनि कतै निर्माण भएका छैनन्, भने निर्माण भएका शौचालय पनि कम छन् । त्यति मात्र होइन आवश्यक मात्रामा पानी नहुदाँ कयौं शौचालय प्रयोग विहिन बनेका छन् । नगरक्षेत्रमा बनेका शौचालय अपाङ्ग ब्यक्तिले पनि प्रयोग गर्न सक्ने गरी निर्माण गरेर खुदिमु गर्दा अति उत्तम हुने थियो । शौचालय अपाङ्ग ब्यक्तिका लागि प्रयोग युक्त हुनपर्छ । गाँउघरमा शौचालय निर्माण भएर घोषणा भएपनि खुल्ला रुपमा दिसा गर्ने बानी हटेको छैन् । त्यसका लागि अभियानलाई निरन्तरता दिन जरुरी छ ।

0 comments:
Post a Comment