डिलप्रसाद शर्मा
सुर्खेत, ४ पुस ।
वीरेन्द्रनगरमा पर्यटन कृषि तथा लघुउद्यम महोत्सव हुने भएको छ । महोत्सव मुल आयोजक समितिले शनिबार दिएको जानकारी अनुसार यहि पुस २३ देखि माघ ३ गतेसम्म महोत्सव लाग्ने छ । पर्यटकीय संस्थाहरुको सञ्जाल पर्यटन विकास मञ्चको आयोजनामा हुन लागेको महोत्सवमा लघुउद्यम उत्पादन र प्रविधिको प्रदर्शनी, कृषि मेला प्रर्दशनी, निःशुल्क माटो परिक्षण, साँस्कृतिक सम्मेलन, पर्यटन गुरुयोजना निमार्णका लागि प्रचार प्रसार र पहल गरिने मुल आयोजक समितिका संयोजक हरिप्रसाद अधिकारीले जानकारी दिए । महोत्सवमा ३ सय (स्टल) प्रदर्शनी कक्ष रहने बताइएको छ । महोत्सव अवधिभर २ लाख दर्शकले अवलोकन गर्ने र १० करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको पर्यटन विकास मञ्चका अध्यक्ष चिन्तामणि शर्माले बताए । समग्र कृषि, पर्यटन तथा लघुउद्यमको विकास र प्रचार प्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको जनाइएको छ । महोत्सव जिल्ला विकास समितिको खुल्ला मञ्चमा लाग्ने छ ।

nic
ReplyDelete