डिलप्रसाद शर्मा ।
सुर्खेत, ६ पुष ।
वीरेन्द्रनगर कालुन्चोक स्थित भारतीय कम्पनी जिएमआरको कार्यालयमा बम विष्फोट भएको छ । सोमबार साँझ ६ः३० बजे सुतली बम प्रहार भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माण स्वीकृति पाएको भारतीय कम्पनी जिएमआरको कार्यालयमा बम प्रहार भएको हो । कार्यालयको गेट नजिकै अज्ञात समूहले बम प्रहार गरेर फरार भएको प्रहरीको भनाई छ ।
बम विस्फोटनबाट कार्यालयमा कुनैपनि क्षति नपुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी बहादुरजंग मल्लले जानकारी दिए । बम कसले र किन प्रहार गरेको त्यसबारेमा अनुसन्धान भैरहेको उनले जानकारी दिए ।
Dec 21, 2015
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment