Search This Blog

This is default featured slide 1 title

Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by Lasantha Bandara - Premiumbloggertemplates.com.

Dec 31, 2015

काठमाण्डौं ठमेलमा यस्तो ।

ठमेलमा न्यू इयर इभ सुरू हुँदै, १८ वर्ष मुनिकालाई निषेध काठमाडौं– ठमेल पर्यटन विकास परिषद्ले पर्यटकीय क्षेत्र ठमेलमा न्यु इयर इभ मनाउने भव्य तयारी गरेको छ। बेलुकी साढे ५ बजे परिषद्ले साँस्कृतिक कार्यक्रमको औपचारिक उद्घाटन समारोहको आयोजना गर्दैछ । नेपाली कांग्रेसका नेतासमेत रहेका युवा सांसद गगन थापाले कार्यक्रमको औपचारिक उद्घाटन गर्ने परिषद्का अध्यक्ष रामशरण थपलियाले बताए।थापाले उद्घाटन गर्ने औपचारिक कार्यक्रम १ घण्टा चल्ने अध्यक्ष थपलियाले जानकारी...

Dec 29, 2015

सुर्खेत २९ औं खुल्ला दिसा मुक्त जिल्ला घोषणा

डिलप्रसाद शर्मासुर्खेत, १४ पौष ।  सुर्खेतलाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी जिल्लालाई देशकै २९ औं खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको हो । जिल्लाका ४० गाविस र ३ नगरपालिका गरी ७२ हजार ९ सय ३६ घर धुरीमा पक्की शौचालय र जिल्लाका १२ स्थानमा सार्वजनिक शौचालय बनेपछि खुल्ला दिशा मुक्त जिल्ला घोषणा भएको हो । घोषणा सभाका प्रमुख अथिति उप–राष्ट्रपति नन्दबहादुर पुनले सुर्खेतवासीहरुलाई खुल्ला दिसा नगर्ने प्रतिवद्धता...

Dec 28, 2015

स्टेचरको अभावले डोकोमै विरामी बोक्न बाँध्य

गर्भवती र विरामी प्रभावित डिलप्रसाद शर्मादैलेख, १३ पुस । फोटो: गुगलबाट साभार गरिएको हो ।   दैलेखको पुर्वी रुम गाविसमा स्टचर हुदाँ विरामीलाई उपचारका लागि स्वास्थ्य सम्म ल्याउन समस्या हुने गरेको छ । स्टेचरको अभाव हुदाँ गाविसमा गर्भवती, विरामी बृद्धबृद्धाहरु प्रभावित भएका छन् । गाविसमा निर्माण गरिएको सडक गाडी गुड्न लायक नभएका वेला स्वास्थ्य सम्म पु¥याउनका लागि प्रयोग गरिदै आएकोे स्टेचर नहुदाँ विरामीहरुले समयमा उपचार पाउन सकेका छैनन् ।  बिरामी...

खुल्ला दिसामुक्त घोषणा विषेश अंक ।

सुर्खेत जिल्लालाई यहि पुस १४ गते खुल्ला दिसामुक्त घोषणा गरिँदै छ । यसै सन्दर्भमा खुल्ला दिसा मुक्त घोषणा गर्नेबारे यहाँका राजनीतिक दलका प्रतिनिधी व्यवसायी र विद्यार्थीहरुले दिएको प्रतिक्रियाको सम्पादित अंश । Normal 0 false false false EN-US X-NONE X-NONE ...

Dec 27, 2015

पशु विकास मन्त्रालय स्थापना कसरी भयो ?

काठमाडौं ।  केपी शर्मा ओलीको नेतृत्वको सरकारले कृषि विकास मन्त्रालयलाई टुक्राएर कृषि मन्त्रालय र पशु विकास मन्त्रालय बनाएको छ । कृषि विकास मन्त्रालय टुक्रिएपछि कृषि क्षेत्रका व्यक्तिहरु भित्र भित्र आक्रोशित भएका छन् । कृषि र पशु नङ्ग र मासु जस्तै भएकाले यसलाई टुक्राउन हुंदैनथ्यो भन्ने विश्लेषण कृषि विज्ञहरुले गर्न थालेका छन् । तर, पशु सेवामा कार्यरत धेरै पशुकर्मीहरु भने कृषि मन्त्रालय विभाजन गरेर पशु विकास मन्त्रालय बनाएपछि उत्साहि मात्र...

बन्दुक चलाउने हातःकृषि कर्ममा

पाल्पा । पाल्पाको  सिद्धेश्वर   गाविस की सावित्रा कुमाल(बोहोरा) १३ बर्षको करिलो उमेरमा नै तत्कालीन विद्रोही पक्ष (नेकपा माओवादी)मा लागिन् ।  सानै देखि  गीत गाउन  न नाच्न शौखीन कुमाल प्टाटुन सह– कमाण्डर समेत भएकी थिइन । स्वाथ्य र परिस्थीले साथ दिएको भए उनी यतिखेर नेपाली सेनाको कुनै उच्च पदमा पुग्थीन् हो । तर अहिले  उनी रुपन्देही...

Dec 24, 2015

सरोकारवाल निकायबाट अनुगमन

कमल शर्मादैलेख, ९ पुस । केड सुर्खेत र महिला सशक्तिकरण मञ्च दैलखको साझेदारीमा संचालीत महिला प्रजन््न अधिकार कार्यक्रम संचालन भएका रुम , कटि , लाकुरी बेलपटा , चौराठा , सल्लेरी बिन्ध्याबासीनी भवानी गाबिसहरुमा संचालीत महिला प्रजन्न अधिकार कार्यक्रमको जिल्ला स्तरिय सरोकारवाला निकाय बाट अनुगमन गरिएको छ । अनुगमन टोलीले बिन्धयाबासीनी गाबिसको रैना देबी माबि टाटामाखुमा संचालन भएको किशोर किशोरी यौन तथा प्रजन्न  स्वास्थ्य मेलाको अवोलाकन संगै गाबिस स्तरिय प्रजन्न अधिकार मञ्च छात्रा सहयोग पाएका किशोर किशो्री दौतारी समुह , शिक्षक र बिद्यालय ब्यबस्थापन समिति...

स्वास्थ्य मेला सम्पन्न

कमल शर्मा (राजधानि दैनिक)दैलेख, ९ पुस ।   किशोर किशोरी यौन तथा प्रजन्न स्वास्थ्य मेला बिन्ध्याबासीनीको रैनादेबी माध्यामिक विद्यालय टाटामाखुमा सम्पन्न भएको छ । केड सुर्खेत र महिला सशक्तिकरण मञ्च दैलखको साझेदारीमा संचालीत महिला प्रजन््न अधिकार कार्यक्रम अन्र्तगत किशोरी सशक्तिकरण कार्यक्रम  लागी किशोर किशोरी यौन तथा प्रजन्न स्वास्थ्य मेला गरिएको छ ।  उक्त मेलामा प्रजन्न स्वाथ्य सम्बन्धि ११ वटा स्टल राखी बिद्यार्थी र स्वास्थ्यकर्मी...

हुम्लामा आगलागी, एकै घरमा रहेका चारको मृत्यु

डिलप्रसाद शर्मा ९ पुस, हुम्ला । हुम्लामा भएको आगलागीमा परी चार जनाको मृत्यु भएको छ । हुम्लाको श्रीमष्ठा एक पीपलाङमा सडक निर्माण गर्ने कामदार बसेको घरमा आगलागी हुँदा चार जनाको जलेर मृत्यु भएको हो । आगलागीमा परेर कालिकोटको लालु गाविसका जया मिजार, नयाँ सुनार, मानबहादुर विक र गगन सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीमा परी अन्य सात जना घाइते भएका छन् । घाइतेहरु पनि सबै कालीकोटकै रहेका छन् । घाइते हुनेहरुमा जसबहादुर सुनार, गोविन्द सुनार, लोकबहादुर...

Dec 21, 2015

सुर्खेतमा पनि अटो रिक्साको आधिकारीक डिलर

डिलप्रसाद शर्मा सुर्खेत, ६ पुस । भारतमा बनेको ई–रिक्साको आधिकारीक विक्री सुर्खेतमा पनि शुुरु भएको छ । हालसम्म चाईनिज ई –रिक्साको विक्री भैरहेकोमा आईतबारदेखी भारतमा बनेको आर आर ब्राण्डको ई –रेक्साको आधिकारीक रुपमा विक्रि वितरण थालिएको हो । सुर्खेतका लागी जुम्लारोडमा चाइनापुल नजिक रहेको आशिष टेडिङ्गले अबदेखी यो रिक्साको विक्री गर्ने बताएको छ । यहि पुस मसान्तसम्म रिक्सा बुकिंङ्ग गर्नेलाई विशेष छुटको व्यवस्था रहेको समेत जनाईएको छ । पेटोलको विकल्पमा व्याट्रिबाट चल्ने अटो रिक्साको देशैभरी माग बढिरहेका बेला सुर्खेतमा पनि आधिकारीक रुपमा विक्री गर्न...

ओत लाग्न भत्किएकै घर

बाढी पीडितको बाध्यता की रहर ? डिलप्रसाद शर्मा   सुर्खेत, १६ भदौ । गत बर्ष साउन २९ र ३० गतेको अविरल बर्षाका कारण आएको बाढी र पहिरोले जिल्लामा ठुलो धन जनको क्षति ग¥यो । विनाशकारी बाढीले हजारौैं घर डुवानमा परे । धेरैले आफ्ना प्रियजन गुमाए । वीेरेन्द्रनगरको खोर्के खोला र इत्राम खोलामा आएको बाढी तथा जिल्लाका अन्य गाविसहरुमा गएको पहिरोका कारण घरबार विहिन भएकाहरु कोही अझै त्रिपाल मुनी बसिरहेका छन् भने कतिले आधा भत्किएको घरमा ओत लाग्नु...

बाढीप्रभावितको दैनिकी कष्टकर

‘हिउँदे जाडो कसरी काट्ने ?’ डिलप्रसाद शर्मासुर्खेत, ६ पुस ।   महिला प्रशिक्षण केन्द्रमा रहेको वाढी प्रभावित । पुसे जाडो त्यसै त थुर थुर कमाउँछ । त्रिपाल मुनिको बसाई त्यो पनि पाल च्यातियर ठाउँ ठाउँमा ठुलठुला भुवाङ छन् । बैरी रात किन आउदो हो । दिन त जसोजतो गुजरा चल्छ ।  पुस भर्खरै शुरु भो । माघको जाडोमा झन् के होला ? वीरेन्द्रनगरको महिला प्रशिक्षण केन्द्रको बाढीप्रभावित शिविरमा बस्दै आएकाहरुको आवाज हो यो । शिविरमा बस्दै आएकी मनरुपा...

वीरेन्द्रनगरमा रहेको जिएमआर कार्यालयमा बम विष्फोट

डिलप्रसाद शर्मा ।सुर्खेत, ६ पुष ।वीरेन्द्रनगर कालुन्चोक स्थित भारतीय कम्पनी जिएमआरको कार्यालयमा बम विष्फोट भएको छ । सोमबार साँझ ६ः३० बजे सुतली बम प्रहार भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माण स्वीकृति पाएको भारतीय कम्पनी जिएमआरको कार्यालयमा बम प्रहार भएको हो । कार्यालयको गेट नजिकै अज्ञात समूहले बम प्रहार गरेर फरार भएको प्रहरीको भनाई छ ।बम विस्फोटनबाट कार्यालयमा कुनैपनि क्षति नपुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका  डिएसपी बहादुरजंग मल्लले जानकारी दिए । बम कसले र किन प्रहार गरेको त्यसबारेमा...

Dec 20, 2015

मध्यपश्चिम विश्वविद्यालयमा तालाबन्दी

डिलप्रसाद शर्मासुर्खेत, ५ पुस ।   आफ्ना माग पूरा नगरेको भन्दै विद्यार्थीहरुले वीरेन्द्रनगरमा रहेको मध्यपश्चिम विश्वविद्यालयमा तालाबन्दी गरेका छन् । विश्वविद्यालयका पदाधिकारीहरु शैक्षिक गुणस्तर सुधार गर्नुको साटो भ्रमण र सुखसयलमा मात्र व्यस्त भएको भन्दै उनीहरुले उपकुलपति र रजिस्ट्रारको कार्यकक्षमा आइतवार विहान तालाबन्दी गरेका हुन् । एमाओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नेतृत्वमा विद्यार्थीहरुले विश्वविद्यालयका उपकुलपति प्रा.डा....

Dec 19, 2015

बालिका बिहे गर्ने बेहुलासहित तीनजना पक्राउ

ललितबहादुर बुढा,   सुर्खेत, सुर्खेत बालिका बिहे गरेको आरोपमा प्रहरीले सुर्खेतमा बेहुलासहित तीनजनालाई पक्राउ गरेको छ । जिल्ला बाल कल्याण समितिले उजुरी दिएपछि प्रहरीले बेहुला तेजबहादुर सुनार, उनकी आमा सरस्वती सुनार र बालिकाकी सानीआमा गीता जोशीलाई पक्राउ गरेको हो । बेहुलाका बावु लिलाराम सुनार भने फरार रहेको प्रहरीले जनाएको छ । उनको खोजी भइरहेको प्रहरीको भनाई छ । मंसिर २८ गते विवाह भएपनि प्रहरीले उनीहरुलाई बुधवार घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । उक्त विवाहका लागि अभिभावकको मञ्जुरी भए पनि केटीको उमेर १५ वर्ष...

डेढ कठ्ठा जमिनमा दैनिक एक कुण्डल तरकारी उत्पादन

रचना बुढा सुर्खेत, ५  मंसिर । कडा परिश्रम र लगाव भए डेढ कठ्ठा जमिनमा दैनिक एक व्यक्तिले तरकारीबाट कति आम्दानी गर्ला ? सोच्नुहोस्त ।  दैनिक रु. पाँच सय, एक हजार वा एक हजार पाँच सय । तर, वीरेन्द्रनगरका एक महिलाले भने दैनिक दुइ हजार बढी रुपैया आम्दानी गर्दै आएकी छन् । वीरेन्द्रनगर–२० फलाटेका दिलकुमारी बुढाथोकीले डेढ कठ्ठा जमिनबाट नियमित दुइ हजार पाँच सय रुपैयाको तरकारी विक्री गर्दै आएकी छन् । ‘सुरु–सुरुमा दैनिक घरपरिवारका लागि तरकारी उत्पादन गर्थे’ कृषक बुढाथोकीले भनिन्,–‘विस्तारै व्यवसायीक रुपमा तरकारी खेतीतर्फ सोच आएपछि दैनिक आम्दानी...

बाह्र प्रधानमन्त्री हाँक्ने एक्ला चालक

काठमाडौं, ४ पुस । बहुदलीय व्यवस्था पुनःस्थापना भएपछि मुलुकले अहिलेसम्म १३ प्रधानमन्त्री पायो । मुलुकको कार्यकारी प्रमुखको रुपमा देश हाँक्ने प्रधानमन्त्री नै हो । तर, तीमध्ये १२ प्रधानमन्त्री हाँक्ने एक्ला चालक भने काठमाडौं, वसुन्धराका माधव कार्की  हुन् । मुलुक हाँक्नेलाई पनि हाँक्ने चानचुने जिम्मेवारी हैन । त्यो महत्वपूर्ण जिम्मेवारीलाई चालक कार्कीले कुशलतापूर्वक पूरा गरेका छन् । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईदेखि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसम्मलाई चालक कार्कीले एक्लै हाँकेका छन् । मुलुकको शासनको बागडोर सम्हाल्ने प्रधानमन्त्री...

वीउमा आत्मनिर्भर बनाउन जुट्दै सहकारी

डिलप्रसाद शर्मासुर्खेत, ४ पुष । वीउ उत्पादनमा सुर्खेत जिल्लालाई आत्मनिर्भर बनाउन एक सहकारी जुटेको छ । कल्याण–४ को समृद्धि कृषि सहकारी संस्था उन्नत जातको वीउ उत्पादनमा जुटेको हो । सहकारी संस्थाले गत आर्थिक बर्षमा मात्रै १७ क्वीन्टल उन्नत जातको मकै वीउ विक्रि गरेको जनाइएको छ । सहकारी संस्थाको छैटौं बार्षिक साधारणसभाका अवसरमा शनिबार उक्त जानकारी गराइएको हो । सहकारीका अध्यक्ष देवबहादुर रानाले सहकारीले मकैको वीउ उत्पादन, प्रशोधन, ग्रेडिङ, विक्रि सहितको काम गर्दै आएको बताए । सहकारीले जिल्लालाई मकै र गहुँको उन्नत वीउ उत्पादनमा आत्मनिर्भर गराउने लक्ष्ये...

पर्यटन कृषि तथा लघुउद्यम महोत्सव हुँदै

डिलप्रसाद शर्मासुर्खेत, ४ पुस ।वीरेन्द्रनगरमा पर्यटन कृषि तथा लघुउद्यम महोत्सव हुने भएको छ । महोत्सव मुल आयोजक समितिले शनिबार दिएको जानकारी अनुसार यहि पुस २३ देखि माघ ३ गतेसम्म महोत्सव लाग्ने छ । पर्यटकीय संस्थाहरुको सञ्जाल पर्यटन विकास मञ्चको आयोजनामा हुन लागेको महोत्सवमा लघुउद्यम उत्पादन र प्रविधिको प्रदर्शनी, कृषि मेला प्रर्दशनी, निःशुल्क माटो परिक्षण, साँस्कृतिक सम्मेलन, पर्यटन गुरुयोजना निमार्णका लागि प्रचार प्रसार र पहल  गरिने मुल आयोजक समितिका संयोजक हरिप्रसाद अधिकारीले जानकारी दिए । महोत्सवमा ३ सय (स्टल) प्रदर्शनी कक्ष रहने बताइएको...

बुढेउलीको सहारा बन्दै वृद्धा आश्रम

डिलप्रसाद शर्मा सुर्खेत, ४ पुस । प्रशान्ति वृद्धाश्रामको १७ साधारण सभामा सहभागि वृद्धवृद्धाहरु । फेटो: डिलप्रसाद शर्मा  सन्तानहरुले बुढेशकालमा राम्रो लालानपालन गर्लान, सुख देलान र बुढेसकालका साहरा बन्लान भन्ने आशा सबैका बाबुआमाले गरेका हुन्छन् । यस्तै आशा गरेकी थिइन् साल्कोट फलाटेकी कौशीला पाण्डेको पनि । दुई सन्तानकी आमा पाण्डे अहिले पालनपोषण गर्ने कोही नभएपछि वीरेन्द्रनगरमा रहेको प्रशान्ती वृद्धाश्रममा बसिरहकी छन् । छोरा बुढेशकालको सहारा...

मध्यपश्चिमाञ्चल विश्व विद्यालयमा

Normal 0 false false false EN-US X-NONE X-NONE dil prasad sharma . Normal 0 false false false EN-US X-NONE X-NONE ...